Banner News

प्रधानमन्त्रीले भारत भ्रमणवारे आज संसदलाई जानकारी गराउने



काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणवारे आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँ २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रियसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।