Banner News

प्रधानमन्त्रीको भारत भ्रमणबाट निजी क्षेत्र उत्साहित



काठमाडौ २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका भारत भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुई मुलुकबीच व्यापारिक दृष्टिकोणले आपसमा जोडिने समहति भएकाले नेपालका निजी व्यासायी उत्साहित भएका हुन् । भ्रमणका क्रममा भारत–नेपाल जलमार्ग र रेलमार्गबाट आपसमा जोडिने सहमति भएको र भारतीय व्यापारीहरूसमेत नेपालमा लगानी गर्न सकारात्मक देखिएकाले उत्साह बढेको उद्योग वाणिज्य महासंघले जनाएको हो ।

महासंघका अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच व्यापारिक सम्बन्धबारे भएको सहमतिले आफूहरू उत्साहित रहेको बताइन् । सहमतिअनुसार छिटोभन्दा छिटो आपसमा जोडिन सके नेपाली निजी क्षेत्रले व्यापारमा ठूलै फड्को मार्ने बताइन् । ‘रेलवे कन्नेक्टिभिटी, समुद्रको कन्नेक्टिभिटी, क्वालिटी कन्नेक्टिभिटी जति सहज र राम्रो हुन सक्यो, त्यति नै मुलुकका लागि फाइदाजनक हुन्छ,’ राणाले भनिन्, ‘पर्यटनलगायतका क्षेत्रमा जनताजनताबीच सिधै जोडिँदा दुई देशबीचको सम्बन्धमा

‘हामीले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक रूपमै लिएका छौं,’ राणाले भनिन्, ‘यसपालिको भ्रमणमा झन् उहाँले भारतका व्यवसायीसँग पनि छलफल गर्नुभएको छ र भारतीय व्यवसायीले पनि सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ ।’

यसअघिका भारत भ्रमणहरूमा व्यापारीहरूले ऊर्जालगायतका निश्चित क्षेत्रमा मात्रै लगानी गर्ने कुरा गर्ने गरेको र पछिल्लो समय कृषि, खाद्य तथा आयुर्वेद उद्योगदेखि लिएर विभिन्न क्षेत्रमा लगानी गर्नेसमेत छलफल भएकाले अहिलेको छलफल भिन्नै किसिमको भएको उनले बताए । उनले नेपाल र भारतबीच भएका यसअघिका सहमति जस्तै पछिल्ला सहमति पनि अल्झिनु नहुने बताइन् ।

यसअघिका रेलमार्ग, द्रुतमार्ग, फास्ट्र्याकलगायतका कुराहरू पनि सहमति भएका थिए । ती आयोजनाहरूमा वर्षौं समय लगाइएको र पछिल्लो समय भएका सहमतिमा समेत त्यही किसिमले समय लागे खासै परिवर्तन नआउनेसमेत उनले बताइन् । ‘यसअघिका आयोजनाहरूजस्तै समय लागे त पछिल्लो सहमतिले केही हुने वाला छैन,’ उनले भनिन्, ‘तर, अहिले रक्सौलदेखि काठमाडौंसम्मको रेलवे लिंकेजलाई समयको मागअनुसार निश्चित समयअनुसार काम गर्न सके मात्रै बोलेको कुरा पुरा हुन्छ ।’ समयको मागअनुसार कार्य गर्न सके मात्रै ठूला आयोजना सफल हुने र यस किसिमका महŒवाकांक्षी योजनाहरू सफल भए मुलुकको व्यापार आफैं बढ्ने उनको भनाइ थियो । त्यसैगरी, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओलीको भ्रमणमा असाध्यै राम्रा कुराहरू भएको भन्दै आफूहरूले प्रधानमन्त्रीको भारत भ्रमणलई सकारात्मक रूपमा लिएको बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा असाध्यै राम्रो भएको छ,’ उनले भने, ‘चाँडै कार्यान्वयनमा आए व्यापारमा पनि राम्रो नहुने कुरै हुँदैन ।’

दीर्घकालीन आयोजना भएकाले त्यसका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गत कार्यालय राखेर निरन्तर फलोअपमा रहे यस किसिमका दीर्घकालीन योजना सफल हुने शर्माको भनाइ थियो । ‘जलमार्ग रेलमार्गका कुरा दीर्घकालीन योजनाहरू हुन्,’ उनले भने, ‘त्यसको काम सुरु गरेर प्रधानमन्त्री कार्यालयअन्तर्गत भए पनि त्यो कामको फलो अप गर्ने निकाय गठन गरेर चाँडो भन्दा चाँडो पहल गर्न सक्नुपर्दछ ।’

सहमति भएजस्तो दिल्लीदेखि काठमाडौं र काठमाडौंदेखि कलकोता सिधै जोडिन सक्यो भने मुलुकले व्यापारको दृष्टिकोणबाट आर्थिक रूपमा फड्को मार्ने उनको भनाई थियो । रेलवे र जलमार्गको प्रोजेक्ट सफल हुन सक्यो भने आयाता निर्यातमा धेरै सहजता आउने र आयात निर्यातमा सहजता आए व्यापारमा पनि साकारात्मक सुधार अफैं आउने उनको दावी थियो । ‘दुई देशबीचको आयातनिर्यात सहज भए मुलुकको आर्थिक अवस्थामा साकारात्मक सुधार आउँछ,’ उनले भने प्राविधिक विषय अघि बढाउन प्राविधिक ज्ञान भएका मान्छेहरूको ठूलो टिम बनाएर प्रधानमन्त्री कार्यालयले रेखदेख गर्ने गरी कार्य सुरु गर्नुपर्ने उनको सुझाव थियो ।राजधानी बाट ।