Banner News

नयाँ वर्ष



सिता ओझाकाठमाडौ,३० चैत्र ।

नयाँ वर्ष तिमी

हरेक वर्ष आउछौ
हरेकको ओठ,चोट

मनको छहारीको बोटमा
हराभरा भएर
निकै दिन सम्म
लहराउछौ

नयाँ वर्ष
तिमी हरेकको
चाहाना मेट्ने,भावना साट्ने
अनि

भविष्यप्रति रमाउने दिन भएर
मुस्कुराउछौ
कतै नभएको खुसी ल्याएर
सबैलाइ छचल्क्याउछौ
पछ्याउछौ

जीवनभरको खुसीको फाँटवारी
आफ्नो कित्तामा बटुल्न लगाएर
सबैलाइ लट्पट्याउछौ

नयाँ वर्ष तिमी
हरेक पटक आउदा
अनेकौ तरङ्ग लिएर
सबैको मन र मष्तिक्समा छाउछौ
फेरि

जमेरै रम्न र रमाउन लाउँछौ
रम्दारम्दै
कसैको रित्याएर
कसैलाई झुक्याएर
कसैलाइ खुस्काएर
पनि
रमाइलै गराउछौ ।

नयाँ वर्ष
तिमी र मेरो त
निकै नजिकको नातो छ
रगतको त होइन
सङ्गतको नै हो
त्यसैले

दुवैको अनवरतको यात्रा छ
यात्राकालागि
निकै ठूलो डोबाटो छ
जन्म र मरणसँगै
जोडिएर आएको
कर्म र मानव धर्मसँगै
जोडिएको यात्राको,चोटको

त्यस्तै
अनगिन्ति खोटको
नातो छ
तर
तर तिमी किन हो कुन्नि १
चुप छौ
पटक पटक भोगेर
भोगाएको देखेर पनि
चुपचाप मुस्कुराउछौ
अन्त्यमा

जे भए पनि
नयाँ वर्षको नाममा
पल भरका लागि
रमाउन त लगाउछौ नै

नयाँ वर्ष तिम्रा
अनेकौ खुसिका
रङ्गहरू देखेकी छु
तरङ्याउने तरीका बुझेकी छु
सबै बुझेर पनि
तिम्रा पौरखहरूले

मलाई पनि
मानव रङ्गशालाको नर्तक
बनाएकै छौ
त्यहीँ रङ्गशालामा मेरो
सिपको प्रदर्सनीको खुसियालीमा
तिमी सहित मलाई पनि निमन्त्रणा
अनि

विक्रम सम्वत २०७५सालको
तपाईहरुमा पनि शुभकाम १

हरेक नेपालीको मन,मस्तिष्कमा
खुसि रमोस
सुख र शान्ति फैलियोस
सम्वृदिले घर,परिवार र राष्ट्र
चुमोस
घात र अन्तरघातको श्रृङखला

टुटोस
म पाँइत्व र हडाप्याइ हटोस
पछौटे चिन्तनले हेप्ने
परिपाटी टुटोस
हत्या,हिंसा र बलात्कारको समाचार
पढ्न नपर्ने वातावरण बनोस्
तिमीलाई पनि
शुभकामना है नयाँ वर्ष
नेपालपाटी