Banner News

पार्टी एकता संयोजन समितिको बैठक अहिले बस्दै



काठमाडौं, ४ चैत्र । वाम एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

दुई अध्यक्षबीच सोमबार भएको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । दुई अध्यक्षबीचको एकल वार्तापछि हिजो नै बसेको एमाले स्थायी समितिको बैठकले वैशाख ९ मा नै पार्टी एकता गर्नेमा जोड दिएको थियो । हिजोको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता सम्माजनक हुने भन्दै तोकिएको समयमा नै गर्ने बताएका थिए ।

आजको बैठकले एकताको टुंगो लगाउने बताइएको छ । जनयुद्धबारेको विवाद र एकता अनुपातमा छलफल जारी छ । एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ ।