काठमाडौ,५ वैशाख । वास्तविक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली निःसन्तान छन् । भाई बुहारी अन्जन ओलीको काखमा जन्मेका दुई सन्तानलाई नै प्रधानमन्त्री ओलीले आफ्नै सन्तान मान्दै आएका थिए । अर्पण र अभिलाषा नै ओलीका सन्तान हुन् ।
यी दुबैको पढाईको खर्च सबै केपीले नै बेहोर्ने गरेका छन् । अर्पण र अभिलाषाका बुबा तारा र आमा अन्जन ओली केपी दम्पतीका नजिका भाई बुहारी हुन् । पछिल्लो समय प्रधानमन्त्रीओलीले पढाई लेखाईको जिम्मेवारी लिएर थप सन्तान बढाउँदैछन् । बैशाख १ गते एक जनालाई मुगुबाट जिम्मा लिएका प्रधानमन्त्री ओलीले बुधवार थप दुई जनालाई सिराहाबाट थपेका छन् । गत शनिबार आरम्भ भएको विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री ओली आज सिरहाको कल्याणपुर पुगी डोम समुदायका २ बालबालिकालाई विद्यालयभर्ना गराउन लागेका छन् ।
उनी सिराहा पुगिसकेका छन् । आफ्नै अभिभावकत्व माउनले पवन मल्लिक डोम र रुपाकुमारी खत्वेलाई कक्षा १ मा भर्ना गर्न लागेका छन् । नयाँ शैक्षिक सत्र शुरु हुनै लाग्दा सरकारले आफ्नै सक्रियतामा विद्यार्थी भर्ना कार्यक्रम तीब्र पारेको छ । त्यसको अगुवाई प्रधानमन्त्रीले नै लिएका छन् ।
प्रधानन्त्रीसँगै सिरहा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल पनि सप्तरी, धनुषा लगायत जिल्ला पुगी बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रम छ । अन्य केन्द्रीय मन्त्रीहरु समेत बालबालिका भर्नाका लागि विभिन्न जिल्ला पुग्ने कार्यक्रम छ ।
शिक्षा मन्त्रालयको आग्रहमा सातै प्रदेशका मुख्यमन्त्रीले पनि आज बालबालिकालाई विद्यालय भर्ना गराउन लागिएको हो । उमेर पुगेका प्रत्येक बालबालिका विद्यालय जानबाट बञ्चित नहुन भन्ने उद्देश्यले सरकारले गत शनिबार शुरु गरेको भर्ना अभियान आगामी १४ गते सम्म चल्नेछ ।
मानव सूचकांकमा पछि परेको कर्णाली प्रदेशबाट भर्ना अभियान शुरु गरेको सरकारले विकासमा पछि परेको अर्को प्रदेश नम्बर २ लाई प्राथमिकतामा राखेको छ । शिक्षा विभागका अनुसार आधारभूततह उमेर समुहका ३ लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् । नेपालपाटी
प्रतिक्रिया दिनुहोस्