शैक्षिक

पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काम तीव्र : सम्झौता कार्यान्वयन शुरु



(बैशाख ५, विरगञ्ज) । नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच भएको सम्झौता अनुसार मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम पाइप बिच्छ्याउने काम शुरु भएको छ ।

चैतको अन्तिमसाता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्तरुपमा शिलान्याश गर्नुभएपछि यो कामले तीव्रता पाएको हो ।

भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । नेपालतर्फ बारा जिल्लाको सिमरामा करिब ५०० मिटर जतिमा खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको जनाइएको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम भइरहेको छ । नेपालको ३६ दशमलव २ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ ।

अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको छ