मनोरञ्जन

२०१७ की ‘मिस नेपाल’ निकिता फिल्ममा डेब्यु



बैशाख ५, काठमाडौँ –  २०१७ की मिस नेपाल निकिता चण्डकले फिल्ममा डेब्यु  गर्ने भएकी छिन् ।

हिमाल न्यौपाने निर्देशित फिल्म रानीमहल’मा उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ । केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । फिल्मका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।

यस्तै, प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ । साइन गरिसकेपछि प्रशान्तले पनि यो फिल्म बीचमै छाडेका थिए । उक्त फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।