काठमाडौ ६ बैशाख । एमाले र माओवादीबीच पार्टी एकताको नयाँ मितिका विषयमा आन्तरिक सहमति बनेको छ । बैशाख ९ मा पार्टी एकता सम्भव नहुने भएपछि बैशाख १८ मा पार्टी एकता गर्ने सहमति बनेको स्रोतले जनाएको छ । बैशाख१८ मा मजदुर दिवस पर्छ ।
बुधवार चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैशाखभित्रै पार्टी एकता हुने दावी गरेका थिए । विवादित विषयमा सहमति खोज्दै एकताको अर्को मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।
९ गते एकता गर्ने भनिएकै दिन नयाँ मितिबारे सार्वजनिक गर्ने एक नेताले नेपालपाटीलाई जानकारी दिए । ती नेका अनुसार बिहीबार दुई अध्यक्षबीच छलफल हुनेछ । ‘९ गतेसम्म दुईपार्टीभित्र आन्तरिक र दुई पक्षिय छलफल हुनेछ’ ती नेताले भने, ‘बैशाख १८ मा एकता गर्ने आन्तरिक सहमति भएको छ मिति छिट्टै सार्वजनिक हुन्छ । ’
कार्यदलले बुझाएको प्रतिवेदनमा विवादित भनिएका विषय ‘जनयुद्ध’, चुनाव चिह्न र ‘फिप्टी(फिप्टी’ले एकता प्रक्रियालाई लम्ब्याउँदै छ ।
प्रतिक्रिया दिनुहोस्