मनोरञ्जन

‘द ब्यूटिफल इश्यू’२०१८ एलिसा पिंक बनिन सर्बाधिक सुन्दर महिला



 बैशाख ६, एजेन्सी – सन् २०१८को पिपल म्यागजिनले वर्षको सर्बाधिक सुन्दर महिलाको नाम घोषणा गरेको छ ।

सन् २०१८ को आफ्नो म्यागजिनको विशेषांक ‘द ब्यूटिफल इश्यू’ का अनुसार सबैभन्दा सुन्दर महिलाको रुपमा ‘एलिसा बर्थ मोरे’ उर्फ पिंकलाई चुनिएको छ ।

 ‘उनी एक इमान्दार महिला हुन् । यसका साथै उनी एक आमा, एक प्रस्तोता र रोल मोडल पनि हुन् ।’उनका उनका १५ महिनाका छोरा जेमिसन मून र ६ वर्षीया छोरी पनि छ ।

स्मरण रहोस्, एलिसा (पिंक) लाई ७० सुन्दर महिलाको सूचीको शीर्ष स्थानमा राखिएको हो ।