मनोरञ्जन

फिल्म लिली बिलीले : पाँच दिनमा चार करोड कलेक्शन



(बैशाख ६, काठमाडौँ) ।  गत साताबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘लिली बिली’ले पाँच दिनमा चार करोड माथीको कलेक्शन गरेको छ ।

शाहिका अनुसार यो फिल्म मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । नेपाल सहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन भएको ‘लिली बिली’ले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ ।

नव अभिनेत्री जसिता गुरुङ र त प्रदीप खड्काको मुख्य  अभियन रहेको छ । प्रियांका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्स्ले निर्माण गरेका हुन् ।

मंगलबारसम्म मुलुकका सबै हलमा ४ करोड ५ हजारको व्यापार देखिएको छ । निर्माता शाहिले चलचित्रले पहिलो साता करिब चार करोड ७५ लाख व्यापार गर्ने अनुमान रहेको बताएका छन् ।