शैक्षिक

जनकपुर भन्सार कार्यालयमा ताला, उद्योगी र प्रहरीवीच झडप, स्थिती तनाबग्रस्त



(बैशाख ६, जनकपुर) । धनुषामा जनकपुर भन्सार कार्यालयले तस्करलाई पस्रय दिएको तथा तस्करलाई नियन्त्रण नगरेको भन्दै जनकपुर उद्योग बाणिज्यसंले जनकपुर भन्सार कार्यालयमा ताला लगाए पछि प्रहरी र उद्योगीविच भएको झडपले जनकपुर तनावग्रस्त भएको छ ।

उद्योगीहरुले भन्सार कार्यालयकै मिलोमतोमा तस्कर भईरहेको तथा त्यसको भन्सार कार्यालयले नियन्त्रण नगरेको एवम् भन्सार कार्यालय आफै तस्करमा संलग्न रहेको आरोप लगाउदै विहिबार भन्सार कार्यालयमा ताला लगाएको हो ।

उद्योगीहरुले ताला लगाएपछि शसस्त्र प्रहरीले भन्सार कार्यालयको सुरक्षा गर्ने क्रममा प्रहरी र उद्योगीहरु वीच झडप समेत भएको हो । उद्योगीहरुले अहिले सडकमा टायरबाली अन्दोलनको तयारी गरिरहेका छन् भने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले त्यसलाई नियन्त्रण व्यापक तयारी रहेको छ ।