Banner News

१० घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल ठप्पः करोडौ घाटा, हजारौ यात्रु अलपत्र



काठमाडौ७ बैशाख। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि सबै उडानहरु ठप्प भएका छन् । मलेसियाको मालिन्दो जहाज उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेपछि उडान रोकिएका हुन् । आन्तरिक र बाह्य उडान १० घण्टादेखि रोकिदा करोडौ नोक्सान भएको छ । सयौ यात्रु अलपत्र परोक छन् । चिप्लिएको सिेनाले गरिरहेको छ ।

धावनमार्गबाट विमान हटाउन करीब तीन घण्टा लाग्ने र त्यसपछि मात्रै विमानको उडान र अवतरण सुचारु हुने विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विहीबार राति १० बजेर ७ मिनेटमा काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रहेको जहाज रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले सबै उडान र अवतरण रोकिएका हुन् । कार्यालयका प्रवक्ता ठाकुरका अनुसार अहिले सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास भइरहेको छ ।

आन्तरिक उडान भने केहीबेरमा सुरु गर्ने तयारी भइरहेको छ । जहाज नहटाएसम्म अन्तर्राष्ट्रिय उडान भने रोकिने प्रवक्ता ठाकुरले जानकारी दिए । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । विमानमा रहेका १ सय ३९ यात्रु शकुशल छन् । नेपालपाटी