मनोरञ्जन

मधेसको कथामा निर्माण भएको चलचित्र ‘भोर’



 बैशाख ७, काठमाडौँ –  वैशाख २१ गतेबाट रिलिज हुने चलचित्र ‘भोर’ मधेसको कथामा निर्माण भएको छ ।

चलचित्र ‘झोला’को निर्देशक यादवकुमार भट्टराइले ‘भोर’ निर्देशन गरेका हुन् । मधेसको दाइजोप्रथाको कथामा यो चलचित्र बनेको छ ।‘दाइजो मानव हिंसा हो’ भन्ने कथामा यो चलचित्र निर्माण भएको छ ।

देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता रहेको चलचित्रमा राज तिमिल्सिना र रामगोपाल थापाको निर्माता हुन् । चलचित्रमा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा लगायतका कलाकारले अभिनय गरेका छन् ।