राजनीति

ओली र प्रचण्डको वान टु वान वार्ता : ठोस उपलब्धि भएन



(बैशाख ७, काठमाडौं) । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वान टु वान वार्ता सकिएको छ ।

प्रचण्डले आफ्नो सामाजिक संजालमा ट्युट्स गर्दै दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको प्रचण्डले बताएका छन् ।

आजको छलफलमा कुनैपनि ठोस उपलब्धि भएको छैन । एमाले र माओवादी पार्टीको एकताका विषयमा छलफल गर्न शुक्रबार दुई नेताको भेट भएको थियो ।