(बैशाख ७, काठमाडौं) । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा सिन्डिकेट लगाईएको भन्दै विभिन्न सात संगठनले केन्द्रिय कार्यालयमा तालाबन्दी गरेता पनि आगामि चुनावको लागि उल्लासमय रुपमा मनोनयन दर्ताको कार्य सम्पन्न भएको छ ।
महासंघको प्रदेश निर्वाचनमा केन्द्रीय कार्यसमितिले चालेका प्रक्रिया र महासंघमा लगाइदै आएको सिन्डिकेट तोडी सबैको साझा महासंघ बनाउन भन्दै असन्तुष्ट संगठनले शुक्रबार तालाबन्दी गरेका हुन् । बिप्लव माओवादी लगायत विभिन्न राजनीतिक दल निकट क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाजले संयुक्त रुपमा महासंघमा लगाईएको भनिएको सिन्डिकेटको विरोध गरेका हुन् ।
उनीहरुले तत्काल यी विषयमा छलफल सुरु गरी ताला खोल्ने वातावरण बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।
ज्ञापनपत्र
प्रतिक्रिया दिनुहोस्