(बैशाख ८, काठमाडौं) । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गर्जन पछि वाम गठबन्धन निकट यातायात व्यवरायी पछि हटेपछि व्यवसायी नै अहिले दुई धारमा भएका छन् ।
सरकारको नेतृत्व गरीरहेका बाम वामनिकटका यातायात व्यवसायीले घोषित आन्दोलनलाई अहिले खुलेर समर्थन गर्न सकेका छैनन् । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले अहिले सरकारलाई अहसयोग गर्ने व्यवसायीको राजनीतिक यात्रानै सकिने चेतावनी दिएपछि महासंघका वाम नेताहरु खुलेर समर्थन गर्न सकेका छैनन ।
गृहमन्त्रालयका एक उच्च अधिकारीको दाबीलाई विश्वास गर्ने हो भने योपटकको आन्दोलनमा कांग्रेससम्वद्ध व्यवसायीको मात्रै सहभागिता हुनेछ । काग्रेस निकट यातायात व्यवसायी भने यातायात क्षेत्रमा सिण्डिकेट नै हुनुपर्छ भन्ने पक्षमा रहेका छन् । जसवाट अवको व्यवसायीको आन्दोलन उनीहरुको निश्चत विन्दुमा पुग्न नसक्ने देखिएको छ ।
कांग्रेससम्बद्ध व्यवसायीले सरकारसँग वार्ता गर्नुको तुक नहुने भन्दै आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउनुपर्ने बताउँदै आएका छन् । आन्दोलनका संयोजक रहेका महासंघका अध्यक्ष तथा बनेपाका पूर्वउपमेयर योगेन्द्र कर्माचार्य स्थानीय तहको चुनावमा कांग्रेस कांग्रेसबाट बनेपा नगरपालिकाको मेयरका आकांक्षी थिए । त्यस्तै आन्दोलन समितिका सहसंयोजक अर्जुन रानाभाट पनि रुपन्देहीबाट कांग्रेस राजनीतिमा सक्रिय छन् । त्यस्तै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ अध्यक्ष खगेश्वर बोहोरा कांग्रेसकै महासमिति सदस्य हुन् । उनी कञ्चपुरबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा आकांक्षी थिए । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल धादिङमा प्रतिनिधिसभा निर्वाचनबाट एमालेका भूमि त्रिपाठीसँग पराजित कांग्रेस नेता हुन् ।










प्रतिक्रिया दिनुहोस्