(बैशाख ८, काठमाडौं) । भारतीय हिन्दुस्तान टाइम्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउनको निम्ती नेपाल र भारतका अधिकारीहरुविच तयारी भइरहेको समचार प्रकाशित गरेको छ ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा उल्लेख गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण यो पटक तेस्रो हुने भएको छ । नेपालमा आफ्नो संविधान आफै बनाएपश्चात दुई देशविचको सम्बन्धमा चिसोपनको शुरु भएको थियो । अहिलेकै समयमा पनि भारतल नेपालको संविधान खुलेरै समर्थन गर्न सकेको छैन् । नेपालका प्रधानमन्त्री केपी ओली चैत्र २३ देखि २५ सम्म भारतको राजकीय भ्रमणमा गए पश्चात दुई देश विचको सम्बन्ध सुधार भएको विश्लेषण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्