वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्धारा आज आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले आगामी आव २०७५–७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने धारणा राखेका हुन् । उनले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आव २०७५–७६ को बजेटमा प्राथमिकता दिइने उल्लेख गरे ।
सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पुर्याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पुर्याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए ।










प्रतिक्रिया दिनुहोस्