(बैशाख ८, काठमाडौं) । आइतवार कम्युनिष्ट पार्टीको स्थापना दिवशको दिन नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको विषयमा सम्वोधन गर्ने भएका छन् ।
यी दुर्इ पार्टीले बैशाख ९ मा नै पार्टी एकताको घोषणा गरेका ओली र प्रचण्डले पार्टी एकता तोकेको मितिमा हुन नसकेपछि कार्यकर्ता तथा नेपाली जनतालाई अहिलेको गठबन्धनको पार्टी एकता हुन नसक्नु र आगामि दिनमा पार्टी एकताका विषयमा संयुक्त रुपमा संवोधन गर्ने बताइएको छ । एकताप्रति जनता र कार्यकर्तामा निराशा नछाओस् भन्ने हेतुले यी दुर्इ अध्यक्षले एउटै मञ्चबाट सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
ओली र दाहालले चुनाव चिन्ह र जनयुद्धका विषयमा भने सहमति खोजिसकेका छन् । सूर्यलाई चुनावी चिन्ह बनाउने र विधानको मस्यौदामा जनयुद्ध शब्द लेख्ने सहमति भएको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । बाँकी रहेको पदीय भागबण्डामा पनि नेताहरू करिब करिब सहमति नजिक पुगेको दाबी श्रेष्ठले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमाले अध्यक्षसँग शुक्रबार भएको छलफल सौहार्दपूर्ण भएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्