मनोरञ्जन

टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका



(बैशाख ८, एजेन्सी) । टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् ।

टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही  विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा,  एक किसिमको केमिस्ट्रि देखेको थिएँ ।

कुनै बेला गरिएको विशेष बाचा पूरा भएको जस्तै महशुस भएको थियो । त्यस बेला दीपिकाको तालिका त्यस फिल्मसँग मिलिरहेको थिएन तर पनि उनले हिम्मत हारिनन् ।  जब उनलाई ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर’ का लागि चुनियो, उनले भनेकी थिइन ‘मेरो यो फिल्म गर्नु भन्दा अगाडि एउडा शर्त छ, त्यो तपाईँले पूरा गर्नुपर्छ ।  शर्त यो हो की पहिले तपाईँले भारत आउनु पर्नेछ । किनकी मैले फिल्म गर्नु भन्दा अगाडि भगवानलाई धन्यवाद दिन आउने बाचा गरेकी थिएँ ।

 त्यस फिल्मले बक्स अफिसमा बलिउडका अन्य फिल्मको किर्तिमान तोड्दै सर्वाधिक व्यापार गर्‍यो । यस अघि सन् २०१७ मा दीपिकाले हलिउडमा समेत डेब्यू गरेकी थिइन । उनले फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ मा भिन डिजेलका साथ डेब्यू गरेकी थिइन ।

टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही  विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा,  एक किसिमको केमिस्ट्रि देखेको थिएँ ।

दीपिकाका साथै टायम्स म्यागाजेनको सूचीमा भारतीय क्रिकेटका कप्तान विराट कोहलीको पनि नाम समावेश रहेकको छ ।