(बैशाख ८, भक्तपुर) । नेकपा एमालेका युवा नेता, पुर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले मध्यपुर थिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमण निन्दनीय तथा विकास विरोधी कार्य भएकाले त्यस्ता घृणित कार्य गर्नेलाई तुरुन्त कारबाहीको माग गरेका छन् ।
आज साझ नगरप्रमुख श्रेष्ठमाथि अज्ञात दुईजनाको समुहले गरिएको सांधातिक आक्रमणको कडा रुपमा खण्डन गर्दै सांसद वस्नेतले देशमा बामपन्थीमय भएको र आगामि दिनमा विकासको लहर चलाउने भएकाले हतासको मानसिकतामा आफ्नो राजनैतिक विरासतता गुम्ने भएका कारण प्रमुख श्रेष्ठमाथि आक्रमण भएको बताएका छन् ।
सांसद वस्नेतले भने भक्तपुरमा निर्वाचित स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले भक्तपुरमा विकासको भेल ल्याउने प्रकृयामा रहेको सम्पूर्ण जनतालाई स्पष्ट भइसकेको समयमा जननिर्वाचित प्रतिनिधि नगर प्रमुख श्रेष्ठमाथिको आक्रमण घृणित कार्य भएको बताएका छन् ।
भक्तपुर जिल्ला नेपालको नुमना जिल्लाको रुपमा विकास गर्ने क्रममा अघि वढीसकेकोले विकास नचाहने तत्वहरुले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको र त्यसमा दोषीलाई चाडो भन्दा चाडो कानुनको दायरामा ल्याई कारवाहीको प्रक्रियामा अघि वढाउन समेत सम्बन्धीत निकायलाई आग्रह समेत गरेका छन् ।
नगर प्रमुख श्रेष्ठमाथि आफ्नो संलग्नता रहेको भनि केही मिडियाले प्रचार गरेकोमा घोर आपत्ती जनाएका छन् । उनले भने पत्रकारीताको नाममा कसैको इज्जत माथि प्रश्न चिन्ह खडा गर्ने कार्य नगर्न समेत सम्बन्धीत मिडियालाई आग्रह गरेका छन् । विना प्रमाण मिडियामा गलत प्रचारवाजी गर्नु पत्रकारीता ऐन विपरित हुने भएकाले सचेत भई समचार संप्रेशण गर्न समेत आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्