(बैशाख १०, काठमाडौं) । नेकपा एमालेका युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले परिवार भित्रको खिचलो आफैले मिलाउन नसकेमा तथा वाहिर हल्ला भयो भने अविभावकले समन्वय गर्नुपर्ने र सोही अनुसार यो पटक युवा संघ नेपालमा पूर्व अध्यक्षहरुले भुमिका खेलेको बताएका छन् ।
युवा संघ नेपालका वर्तमान अध्यक्ष रमेश पौडेलले अध्यक्षको पदवहालीका क्रममा सांसद वस्नेतले वर्तमान संगठनले सांगठनिक सदृढता गर्नेमा विश्वास व्यक्त गर्दै संघ सुचारु र तिव्र रुपमा अघि वढ्नेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले भने ‘अहिलेको अवश्यकता भनेको एमालेले लिएको सुखी नेपाली र समृद्ध नेपाल निमार्ण गर्नको निम्ती मुख्य भुमिका युवा संघ नेपालले खेल्नुपर्छ ।’ सरकारलाई सहयोग गर्दै विगतका नेतृत्व पंतिको नामले हैन आफ्नो नामले चिनिने गरी कार्य गर्नलाई आग्रह समेत गरेका छन् । आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गरी आम नेपाली युवाहरुलाई नयाँ किसिमको सन्देश दिनुपर्ने भन्दै सांसद वस्नेतले महाधिवेशन समयमा नगरे वर्तमान नेतृत्वभन्दा फरक ठाउँबाट हस्तक्षेप हुने समेत बताएका छन् ।
कार्यक्रममा वोल्दै युवा संघ नेपालकी सहइन्चार्ज तथा पूर्व अध्यक्ष निरुदेवी पालले यो नेतृत्व वर्तमान समयको निम्ती एक शुनौलो अवसर तथा चुनौतिको भएकाले यसलाई सहि ढंगले सदुपयोग गर्दै आम नेपाली जनता, आर्थिक उन्नती, सामाजिक रुपान्तरणमा लाग्दै महाधिवेशन गरी सर्वसम्मत ढंगले नयाँ नेतृत्व छान्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताएकि छिन् ।
त्यस्तै कार्यक्रममा वोल्दै पूर्व अध्यक्ष राजीव पहारीले वर्तमान नेतृत्वको ठूलो जिम्मेवारी रहेकाले त्यसलाई सफलतापुर्वक सम्पन्न गराउन नेतृत्व पंक्तिदेखि स्थानीय स्तरसम्मका मातहतका कमिटिहरुलाई चुस्त र दुरुस्त राख्नु पर्ने धारणा व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्