शैक्षिक

माओवादी नेता श्रेष्ठ र रायमाझी एमालेमा प्रवेश गर्ने : एकता चाँडो गर्न प्रचण्डलाई दबाब



(बैशाख १०, काठमाडौं) । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता लम्बिए माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा टोपबहादुर रायमाझी लगायतका धेरै नेताहरु एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठ, रायमाझी लगायतले अध्यक्ष प्रचण्डलाई एकता प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन दबाब दिएका छन् । एकता विलम्ब भए आफूहरु एमालेमा प्रवेश गर्ने उनीहरुले चेतावनी पनि दिएका छन् ।

उसो त नेता श्रेष्ठलाई माओवादीभित्रका एमाले भनेर आरोप लाग्दै आएको छ । उनी यसअघि पनि एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । दुई पार्टीका एकता हुनुपर्नेमा उनले लामो समयदेखि लविङ गरिरहेका छन् । एमाले–माओवादीको अहिलेको निकटता बढाउन श्रेष्ठको महत्वपूर्ण भूमिका छ ।

नेता श्रेष्ठसँगै त्यस्तै यतिवेला प्रचण्डसँग भन्दा ओलीसँग बढि नजिकिने माओवादी केन्द्रका नेताहरुमा टोपबादुर रायमाझी, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बहादुर बस्नेत लगायत रहेको स्रोतको दाबी छ । प्रचण्डको पक्षमा वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन र नेता हरिबोल गजुरेल छन् ।

प्रचण्डले ५०–५० प्रतिशत नभए एकता नहुने भनेर वातावरण बिगारेको उनीहरुको आरोप छ । उनीहरुले ठयाक्कै प्रतिशत तोकेर भन्दापनि समानताका आधारमा एकताको कुरा गर्न अनुरोध गरेका छन् । समानताका आधारमा एकता भए स्वभाविक रुपमाले एकीकृत पार्टीमा एमाले पृष्ठभूमिका नेताहरुको बढि उपस्थिति रहनेछ ।