(बैशाख ११, काठमाडौं) । संयुक्त राष्ट्र संघको स्थायी अंग महासभा समितिको अध्यक्षमा पहिलोपटक नेपाल निर्वाचित भएको छ ।
नेपाल सन् २०१८–०२० का लागि यसअघि नै महासभा समितिमा एसिया प्रसान्त क्षेत्रबाट प्रतिनिधित्व गर्दै सदस्यमा चयन भएको थियो । नेपालले अध्यक्षको जिम्मेवारी पाएसँगै हंगेरी, गुयाना र संयुक्त राज्य अमेरिका उपाध्यक्षमा चयन भएका छन् । २१ सदस्य सो समितिमा लाइबेरिया रापोर्टरको रुपमा पाँच विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचित भएको छ ।
नेपालका तर्फबाट नेपालका लागि संयुक्त राष्ट्र संघीय नियोगका उप स्थायी प्रतिनिधि काफ्लेले नेपालको प्रतिनिधित्व गर्दै सभाको अध्यक्षता गर्ने न्यूयोर्कस्थित नेपाली राष्ट्र संघीय स्थायी नियोगले जनाएको छ। नियोगले जारी गरेको वक्तव्यमा नेपालका लागि बहुपक्षीय प्लेटफर्ममा योगदान पुर्याउने अर्को महत्त्वपूर्ण अवसर प्राप्त भएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्