Banner News

‘महाभूकम्पको सम्झना’ धरहरा आफै वनाउनुपर्छ : प्रम ओली



बैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहरा नेपाली जनताको लगानीमा नै वनाउनु पर्ने भन्दै ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने मान्यतालाई आत्मासाथ गर्दै यसका निम्ति कोदालो, ईंटा बोक्न, खर्पन, डोको लिएर आफु स्वयम आउने बताएका छन् ।

प्रम ओलीले नेपालीको सान, नेपालीको पहिचान धरहरा निमार्ण कार्य जतिसक्दो तुरुन्त सक्नको निम्ती आग्रह गरेका छन् । विश्व सुचिमा रहेको धरहरुले नेपाललाई विश्वसामु चिनाएको बताएका छन् ।

२०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भने देश आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बेलामा अब अल्मिलिने र पर्खिने समय नरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं रु समृद्धि कहिले गर्छौं रु त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।’