वैशाख १२, काठमाडौँ। महिला बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायले बालबालिका दुर्घटनामा परी निधन भएको रेकर्ड, ट्राफिक प्रहरी महाशाखा उक्त स्रोतको आधारमा हेर्दा भिन्नाभिन्नै अभिलेख पाईने र यस सम्वन्धी भरपर्दो तथ्याङ्क पाउनै मुस्किल परेको बताउनुभयो ।
बुधवार अन्नपूर्ण न्युरो अस्पताल र सिविन नेपालले आयोजना गरेको ‘दुर्घटनामा बालबालिका र बालसंरक्षणको सवाल’ बारे अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बालबालिका दुर्घटनामा परी निधन भएको रेकर्ड ट्राफिक प्रहरी महाशाखा भिन्नाभिन्नै अभिलेख रहेको बताएका छन् । स्वास्थ्य संस्थाले दुर्घटनामा परेर स्वास्थ्य उपचारका लागि आएका बालबालिकको तथ्याङ्क राख्न आग्रह गर्ने बताउनुभएको छ ।
बाल संरक्षणको दृष्टिले चुनौतिपूर्ण तर ओझेलमा परेको विषय बालबालिका दुर्घटनामा पर्ने अवस्थाका बारे आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दा सम्वन्धीत निकायबाट स्पष्ट तथ्याङ्क नै प्राप्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै उहाँले त्यस्ता बालबालिका उपचारका लागि अस्पताल, विभिन्न स्वास्थ्य संस्थामा आउँदा दुर्घटनाको प्रकारका बारेमा समेत तथ्याङ्क प्राप्त हुन्छन् र बचाउका लागि चालिने कदम प्रभावकारी हुन सक्छन् भन्दै स्वास्थ्य मन्त्रालयमार्फत रेकर्ड राख्न निर्देशन दिने बताउनुभएको हो ।
सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधरको अध्यक्षतामा आयोजित कार्यक्रममा सिविनका कार्यक्रम प्रवन्धक भरत अधिकारीले उक्त शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै वि.स. २०७४ मा पत्रपत्रिकामा प्रकाशित समाचार र बाल हेल्पलाईनहरूमा राखिएको तथ्याङ्क अनुसार विभिन्न दुर्घटनामा परी १२७ जना बालिका र २३५ जना बालकको मृत्यु भएको बताउनुभयो ।
कार्यपत्रमा नेपालमा बालबालिकाको मृत्यु विशेष गरी सवारी दुर्घटना, बारूदी सुरूङ विष्फोट,करेन्ट लागेर, विषालु सर्पको टोकाई,पानीमा डुबेर, आगोले पोलेर,जङ्गली जनावरको आक्रमणमा परेर, घर पर्खाल, भत्केर र रूखबाट लडेर पनि हुने गरेको उल्लेख छ ।
त्यसैगरी अन्नपूर्ण न्युरो अस्पतालका प्रा.डा.बसन्त पन्तले एउटै झ्यालबाट एउटै बालक तीनपटक झरेर सो अस्पतालमा उपचारका लागि ल्याउने क्रममा तेस्रो पटक त्यस बालकको निधन नै भएको दुखद घटनाको स्मरण गर्दै बालबालिकाको लागि सबैभन्दा सुरक्षित स्थान त घर नै हुनुपर्ने हो तर नेपालमा घर बनाउँदा बालमैत्री पनि हुुनुपर्छ भन्ने चेतनाको विकास नभएको अवस्थामा बालबालिका सडक, स्कुल, ठूला महललगायत अन्य स्थानमा पनि सुरक्षित छैनन । यसका लागि सरकारले भौतिक संरचना निर्माण नीति बालमैत्री बनाउनुपर्ने र अभिभावकले पनि यसप्रति सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक मेहताले महिला बालबालिका सम्वन्धी ऐन संसोधनको अवस्थामा रहेको बेला आयोजित यस कार्यक्रममले बालबालिका दुर्घटनाबाट बचाउने र सम्वन्धी बुँदा थप्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विभागका उप निर्देशक गणेश पौडेल,ललितपुर महानगरपालिकाका उप प्रमुख गीता सत्याल लगायतले बोल्नुभएको थियो










प्रतिक्रिया दिनुहोस्