वैशाख १३ एजेन्सी । बुधबार दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले पारिश्रमिक नलिने निर्णय गरेका छन् ।
आईपीएलमा आफ्नो टिमले गरेको निराशाजनक प्रदर्शनको जिम्मेवारी लिँदै कप्तानबाट राजीनामा दिएका गौतम गम्भीरले आफूले पाउने दुई करोड ८० लाख रुपैयाँ पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
गौतम गम्भीर आफ्नो सम्मान नै सबैभन्दा माथि रहेको बताउने खेलाडी हुन् । आईपीएल समाप्त भएसँग गौतम गम्भीरले आफ्नो करिअरका बारेमा कुनै ठोस निर्णय लिने सम्भावना रहेको छ ।
कोलकाता नाइटसाइडर्सलाई कप्तानको जिम्मेवारी निर्वाह गर्दै गम्भीरले दुई पटक उपाधि जिताएका छन् । उनले पाँच खेलमा मात्रै ८५ रन बनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्