Banner News

संघीय संसदको वैठक २३ गते : अपरान्ह ४ बजे अधिवेशन आहृवान



बैशाख १४, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको बैठक वैशाख २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले वैशाख २३ गते अपरान्ह ४ बजे अधिवेशन आहृवान सिफारिस गरेको हो ।

मन्त्रिपरिषदले वीरगञ्जस्थित एकीकृत एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) को भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यसैगरी वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ । यस्तै आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय भएको छ ।