बैशाख १५, रसुवा । उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी आवको बजेटबाट हिमाल, पहाड, तराई सबै क्षेत्रका ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्।
रसुवाको स्फ्रुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन आगामी वर्षको बजेटमा नीतिगत व्यवस्था गरिन लागिएको बताएका हुन् । संघीय, प्रदेश र स्थानीय सरकार मिलेर जलविद्युतमा लगानी गर्नुपर्ने भन्दै मन्त्री पुनले निर्माणाधिन विद्युत आयोजना समयमै सम्पन गर्न निर्देशन समेत दिए।
आयोजना निर्माणको जिम्मा पाएका स्वदेशी तथा विदेशी ठेकेदार कम्पनीलाई समयमै काम सक्न निर्देशन दिँदै मन्त्री पुनले लाइसेन्स मात्र होल्ड गरेर बस्ने, काम नगर्ने प्रवृत्तिलाई गम्भीर रुपमा लिएका छौं,’ उनले भने, ‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्ने समेत वताएका छन् । बलियो र स्थायी सरकारले मुलुकुको विकास र समृद्धि, सुशासनका लागि काम गर्ने उनको भनाई छ।
प्रमुख प्रतिपक्षी कांग्रेसतर्फ इंगित गर्दै माओवादी नेता एवं मन्त्री पुनले देश र जनताको हितमा हुन लागेको एकतालाई अन्यथा नलिन आग्रह गरे। मन्त्री पुनले भने एमाले माओवादी पार्टी एकतामा काग्रेस डराउनु भन्दा पनि काम गरेर जनताको मन जित्नको निम्ती आग्रह गरेका छन् । एमाले माओवादीलाई जनताले पार्टी एकिकरण गरी देश विकासमा लाग्न जनमत दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्