बैशाख १६, बुटवल । प्रधानमन्त्री केपी ओलीले भारतले नेपालको आकाशमा समेत गिद्दे नजर लगाई हडप्ने प्रयास गरेको तर भारतले नेपाली आकास हडप्न नसक्ने बताएका छन् ।
प्रदेश ५ को संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्न कसैले पनि छेक्न नसक्ने बताएका छन् । प्रम ओलीले भने भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको र त्यस्तो कार्य उपयुक्त हुँदैन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’
‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिन कन्जुस्याई गर्न नहुने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्