बैशाख १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेल नेतृत्वको पौडेल समुहकै शशक्त नेता महामन्त्री डा शशांक कोइरालाले पछिल्लो समय देउवालाई साथ दिएपछि देउवा कांग्रेमा फेरी शक्तिशाली बन्न पुगेका छन् ।
चुनावी हारको जिम्मा नेतृत्व सभापतिले लिनुपर्ने भन्दै पौडेल समूहले सभपाति देउवाले तत्काल राजिनामा दिनुपर्ने बताउँदै आएका छन् । तर कोइरालाको साथ पाएका देउवा पौडेल समूहको बेवास्ता गदै पेलेरै अघि बढ्ने मानसिकतामा रहेको स्रोतले बताएको छ ।
चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा संस्थापन पक्ष र अरु नेताहरुबीच विवादकाबीच आगामी भदौमा महासमिति बैठक गर्ने बिषयमा भने दुबै समुहले सहमति जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्