बैशाख १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सधै सम्मान गरिने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी प्रधानमन्त्री केपीशर्मा ओलीले पनि मजदुर दिवसको अवसरमा शुभकामना दिँदै श्रमिकलाई उचित श्रम मिल्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेकी छिन् ।










प्रतिक्रिया दिनुहोस्