बैशाख २१, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रीक पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपालको संविधान तथा भारतले नेपालमाथि गरेको नाकावन्दीको क्षमा याचना नमागेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा नागरिक सम्मान गर्नु नहुने वताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्युटरमा एक स्ट्याटस लेख्दै ‘संबिधानलाई स्वागत नगरेको र आर्थिक नाकाबन्दी प्रति दुःख समेत प्रकट नगरेको अवस्थामा भारतीय प्रम नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभाविक र अनाबश्यक’ भनि विष्लेषण गरेका छन् । करोडौं नेपालीले नाकावन्दीको समयमा पाएको दुःखलाई आफ्नो दःख सम्झीएर आफ्नो कार्य अघि वढाउन अध्यक्ष थापाले प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्