Banner News

सवारी नचलाउने २६ माइक्रोको रुट इजाजात खारेज



काठमाडौं, २१ वैशाख । बन्द हड्तालको नाममा सवारी साधन नचलाउने काठमाडौंका २६ वटा माइक्रो बसको रूट इजाजत खारेज भएको छ । त्यसमा सिनामंगल–रत्नपार्क र रत्नपार्क–नयाँ बसपार्क चल्ने बिभिन्न समितिका २६ वटा माइक्रो बस छन् । यातायात व्यवस्था विभागले रूट इजाजत खारेज भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएसँगै माइक्रो बसको रूट खारेज गरिएको हो ।