बैशाख २२, काठमाडौं । हिजो शुक्रबार यातायात सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई सरकार आक्रामक रुपमा प्रस्तुत हुँदैे एकै दिनमा घुँडा टेकाउन वाध्य वनाउँदै आजदखि सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा आएको छ ।
सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएको थियो । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ती जारी गर्दै शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका थिए । आज शनिबारबाटै यातायात सेवा सुचारू भइरहेको छ ।
यातायात क्षेत्रको पछिल्लो विवादको समाधान सरकारसँगको वार्ताबाट गर्ने समेत विज्ञप्तीमा जनाइएको छ । शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने माग समेत विज्ञप्तीमार्फत अघि सारिएको छ ।











प्रतिक्रिया दिनुहोस्