वैशाख २२, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ ।
८ गते शनिवार केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको घरमा शनिबार राति तोडफोड गरिएको हो ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताए । तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै घटनाबारे अनुसन्धान सुरु गरेको बताए ।
त्यही घरमा सहकारी सञ्चालन गर्दै आएका चन्द्रभक्त श्रेष्ठले घटनाको बारेमा जानकारी दिँदै भने , ‘सीसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले मेयर साबको घरको मूल ढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।’
मध्यपुरथिमिमा शनिबार भएको स्थानीयहरुको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दवाव दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्