समाचार

यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्मचार्यसहित ५ पदाधिकारी पक्राउ



बैशाख २२, काठमाडौं ।  यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ काठमाडौँको नयाँ वानेश्वरमा बैठक बसिरहेका बेला नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमामा अध्यक्ष कर्माचार्यसहित महासंघका बरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, सचिव धर्मराज रिमाल, र केन्द्रीय सदस्य किरण खड्का रहेका छन् ।