बैशाख २३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले गरेको राम्रा कामको विरोध गर्दा घाँटीमा समस्यामात्र आउने भएकाले राम्रो कामलाई समर्थन गर्न प्रतिपक्षिलाई आग्रह गरेका छन् ।
आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पार्दै यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् ।
ओलीले भने ‘कसैले भ्रम नपाले हुन्छ हामी विपक्षीसँग असहिष्णु होइन असाध्यै नरम हुन्छौं । अब चुनाव आइहालेको पनि छैन । बरु विपक्षीले पनि राम्रा कामको समर्थन र सहयोग गरोस् । उनले बजेट अधिवेशनका सन्दर्भमा दुवै सदनका एमाले सांसदहरुलाई निर्देशन दिने क्रममा पार्टी नीति विपरीत संसदमा कुनै पनि सांसदले प्रस्तुति दिन नहुने बताए । पार्टीभित्रका मतभेद संसदमा प्रकट नगर्नसमेत उनले सांसदहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले आफू प्रतिपक्षप्रति अशहिष्णु नबन्ने समेत प्रष्ट पारे । अब ५ वर्षसम्म अर्को चुनाव पनि नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा असहिष्णु बन्नुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले विपक्षलाई पनि विरोधका नाममा बिरोध नगर्न सुझाव दिए ।










प्रतिक्रिया दिनुहोस्