बैशाख २३, काठमाडौं । राष्ट्रिय सूचना आयोगको १० औं स्थापनाको दिवशमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा आज सूचनाको हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने मुल नाराका साथ भएको स्थापना दिवशको अवसरमा नागरिकको मौलिक हकको रुपमा रहेको सूचनाको हक तथा अधिकारलाई जनताले बुझ्नु र वुझाउनु पर्ने कुरामा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले जोड दिएकि छिन् ।

नेपालमा सूचनाको मौलिक हकको रुपमा रहेता पनि नागरिकहरु यो हकको प्रयोगमा पछि परेको बताउँदै आफ्नो हकलाई तथा देशका सम्पूर्ण कुराहरु जान्ने अधिकारवाट वञ्चित नहुन आयुक्त तिम्सिनाले आग्रह गरेकी छिन् । आयुक्त तिम्सिनाले नेपाली जनताको सूचना सम्बन्धी धेरै हक तथा अधिकारहरु भएता पनि जनताले चासो नदिएकोमा दुःख समेत व्यक्त गरेकी छिन् ।

नागरिकको जान्न पाउने हकलाई कार्यान्वयन गर्ने निकाय हो आयोग भएको भन्दै नागरिकको मौलिक हक ‘सूचना लिने र दिने’ बानिले लोकतन्त्रलाई सुदृढ गर्न मद्धत पुर्याउँछ भन्ने कुराको हेक्का राख्न आयुक्त तिम्सिनाले सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।













प्रतिक्रिया दिनुहोस्