समाचार

यस्तो छ प्रदेश ५ का सांसदले लगाउने लोगो



बैशाख २४, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिकसँगै लोगो डिजाइन गर्ने डिजाइनरलाई सम्मान गरेको छ ।

सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा सो लोगो सार्वजनिक गरिएको हो ।

१२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका–१ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । प्रथम हुने भण्डारीलाई २५ हजार र दोस्रो हुने अर्याललाई १५ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको छ ।