बैशाख २४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकारले कडा नीति लिने बताएका छन् । ओलीले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर र राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनु पर्छ ।’
प्रधानमन्त्री ओलीले प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र भएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकार टुलुटुलु हेरेर वस्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएकोले राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्नेमा जोड दिँदै ओलीले भने, ‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन ।’










प्रतिक्रिया दिनुहोस्