अन्तर्वार्ता

युवाहरुले चाहेमा मुलुकको विकास र परिवर्तन सम्भव छ : संयोजक कौशिक



अनुशासन नै मानव जीवनको अभिन्न अंगको रुपमा हेर्दै आपसी सहयोग, सद्भावको विकास गरी सामाजिक सामान्जस्यता कायम गर्नु र गराउनु प्रमुख उद्देश्यका साथ सामाजिक सेवामा समर्पित रही निरन्तर, निडर, निपक्ष रुपमा संचालन भएको संस्था हो स्काउट नेपाल । नेपालमा स्काउट सन् १९५२ मा स्थापना भई हालसम्म निरन्तर रुपमा देशका ७७ वटै जिल्लामा आफ्नो कार्य सञ्चालन गरिरहेको छ । स्काउटले खोजमुलक, व्यवहारमुलक रुपमा वालवालिका, युवा तथा पौढहरुको वास्तविक कुराहरुको अध्ययन तथा अनुसन्धान गरी त्यसमा सहयोग गर्दै आइरहेको छ । यसले नेपालमा युवाहरुलाई आफ्नो भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मीक र भावनात्मक विकासलाई आत्मासाथ गर्दै शैक्षिक उन्नती तथा प्रगतिमा जोड दिदै भविष्यमा ती व्यक्तिहरु समाजको जिम्मेवार नागरिकको रुपमा सुपरिचित हुन भन्ने रहेको छ । युवा शक्ति नै देशको मेरुदण्ड रहेकाले युवा शक्तिमा शैक्षिक क्षेत्रलाई व्यापक सुधार ल्याएमा देश आर्थिक, सामाजिक, सांस्कृतिक विकास भई देशले आर्थिक, समृद्धि तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यका साथ आगामि जेष्ठ १५ देखि २१ सम्म हुन ककनीमा आयोजना हुन गइरहेको ज्याम्बोरीका विषयमा नेपाल स्काउट तदर्थ समितिका संयोजक चन्दन कौशिकसँग गरिएको संक्षिप्त कुराकानी :

१. ज्याम्बोरी के हो ?

– यो १४ बर्ष माथिमा युवा, वयस्क मात्र होइन ९० बर्ष नाघेका बृद्ध–बृद्धा स्काउटहरु सम्मको सबैभन्दा ठूलो भेला हो ।

२. ज्याम्बोरीलाई राष्ट्रको गैरवको रुपमा कसरी लिन सकिन्छ ?

– विश्व भातृत्व–भगिनीको नाराले विश्वभर स्काउट सञ्चालित छ । ज्याम्बोरीले ब्यक्तित्व विकास, भातृत्व प्रगाढ पार्नुको साथै जीवनयापन कला, जीवनमा आइपर्न सक्ने कठिनाइ र त्यसस“ग जुध्न र हल गर्न सिकाउंछ । ज्याम्बोरीमा हुने क्याम्प लाइफले लाइफ–सरभाइभल–स्किल सिकाउनुका साथै सोसल हार्मोनीमा ठूलो भूमिका खेल्दछ त्यसैले यो राष्ट्रको गैरवको रुपमा लिन सकिन्छ ।

३. कार्यक्रम अवधिभर के–के गरिन्छ ?

– दैनिक जीवन निर्वाहमा आइपर्ने जटिलतालाई कसरी समाधान गर्ने भन्ने लगायतका सीप र कला सिकाइन्छ । कार्यक्रम अवधिभर टेन्टभित्र बस्नुपर्ने हुन्छ । आफैं पकाउने, भांडा माझ्ने, आवश्यक सामाग्री जोहो गर्ने मात्र नभई ज्याम्बोरीमा सहभागीहरुलाई कठिन खालका टास्क दिइन्छ जुन उनीहरुले कसैको सहायता बिना पुरा गर्नुपर्ने हुन्छ ।

४ यसले युवामा कस्तो किसिमको परिवर्तन ल्याउंछ ?

– ज्याम्बोरी भित्र उनीहरुलाई दिइने टफ–टास्क पुरा गर्न जसरी उनीहरु दत्तचित्त र संघर्षशील रहन्छन् त्यसरी नै हाम्रो यथार्थ जीवनमा आइपर्ने चुनौती र कठिनाइबाट पनि उनीहरु टाढा नभागी हल गर्न सक्ने कला र आत्माविश्वास प्राप्त गर्छन् ।

५. यस्ता कार्यक्रम मुलुकका लागी कत्तिको फलदायी हुन्छन् ?

– युवा राष्ट्रनिर्माणका आधारस्तम्भ हुन् । उनीहरुले चाहे मुलुकको विकास र परिवर्तन सम्भव छ । मात्र युवामा जांगर, धैर्यता र लगनका साथै कडा परिश्रम चाहिन्छ जुन स्काउट लाइफ र यस्ता कार्यक्रमले तय गर्न मद्धत पुर्याउंछन् । तसर्थ म भन्छु ज्याम्बोरी राष्ट्रकै गौरव हो ।

६. ज्याम्बोरीले नेपालको स्काउटिङ इतिहांसमा के अर्थ राख्छ ?

– विदेशतिर आयोजना हुने ज्याम्बोरीमा सरकार, समुदाय, नागरिक समाज समेतको ठुलो जनचासो हुन्छ । किनभने यो सानो कुरा होइन् । एकैपटक दशौ हजार मानिस सत्कार्यका लागी जम्मा पार्नु पक्कै पनि चानचुने कुरा होइन् । यसको आयोजना गर्ने मुलुकलाई अन्तराष्ट्रिय स्काउट भएका मुलुकले समेत पनि सम्मान, गौरव र बहादुरीको नजरले हेर्ने गर्दछन् भने नेपाल स्काउटको इतिहांसमा त यसको महत्व उच्च हुने नै भइहाल्यो ।

७. स्रोत–साधन कसरी जुटाउंदै हुनुहुन्छ ?

– स्काउटकै आन्तरिक स्रोत–साधनमा युवा मन्त्रालयको सहयोग र सहकार्य छ ।

८. युवा जोस जाँगरका साथ नेतृत्व सम्हालिरहनु भएको छ । अवको योजना के छ तपाईको ?

– सेवा गर्नु नै मेरो मुख्य धर्म हो । विशुद्ध गैरराजनैतिक, सामाजिक अभियानको अभियान्ताको रुपमा आम नेपाली युवायुवती, वालवालिका तथा वृद्धवृद्धाहरुलाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिको निम्ती आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रुपान्तरण गराउने कार्यमा निरन्तर लागि पर्नेछु ।

९. कसरी आम जनताहरुलाई सामाजिक अभियान्ताको रुपमा परिचालन गर्नुहुन्छ ?

– आम नेपाली जनताहरु आफैमा सचेत तथा जागरुक हुनुहुन्छ । त्यसैले सामाजिक कार्यको निम्ती वहा“हरुलाई अग्रसर हुने अवसर प्रदान गर्नेछु । स्काउटले अवसर र चुनौती दुवैलाई एक अर्काका परिपुरकको रुपमा लिएर अघि वढ्ने भएकाले यसका निम्ती आवश्यक छलफल, अन्तरक्रिया, तालिम, गोष्ठीहरु सञ्चालन गरी सचेतनामुलक रुपमा सहभागित गराउछु ।

१०. अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

– म तपाईहरुको मिडियाबाट आम नेपाली आमाबुवा, दाजुभाई, दिदीवहिनी तथा सम्पूर्ण वालवालिकाहरुलाई आफ्नो जीवनको थोरै समय भए पनि सामाजिक क्षेत्रमा खर्चनुहोस् जसवाट समाजमा आमुल परिवर्तनको ढोकाहरु खुल्दै जाउन । सामाजिक भावनाको विकास गर्दै आत्मानिर्भर, समानतामुलक समाजको निमार्णमा लाग्नको निम्ती एक आपसमा हातमा हात का“धमा का“ध मिलाएर अघि वढे मानव जीवनको लक्ष्यमा पुग्न सकिन्छ । त्यसको निम्ती गरे हुन्छ, लागौं, जुटौं सफलता चुमौं भन्न चाहन्छु ।