(बैशाख २५, काठमाडौँ) । नेपाल स्वास्थ्यकर्मी युनियनले कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन माग गरेको छ ।
गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । कर्मचारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकिएका कारण विभिन्न समस्या आएको, त्यसमा कार्यरत कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएका कारणले करीब ४०० स्थानीय तहमा स्वास्थ्यकर्मीको अभाव भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्