बैशाख २६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डविच भेट वार्ताका क्रममा पार्टी एकता र आगामि दिनमा सरकारले ल्याउने नीति, काणर््क्रम तथा बजेटका विषयमा छलफल भएको छ ।
पार्टी एकताका बारेमा बिभिन्न भ्रमपूर्ण अभिब्याक्तिहरु आईरहेका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा वार्ता भएको छ ।
वार्तामा ओलीले दुई दिन पहिले गरेको ट्विटका विषयमा प्रचण्डले जिज्ञासा राखेका थिए । तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा ट्विट गर्दिएछन्’ भन्ने जवाफ दिएका थिए ।
प्रचण्डले पार्टी एकता प्रक्रिया जति लम्बियो उति समस्या थपिने भन्दै तत्काल निष्कर्षमा पुग्न ओलीलाई दवाव दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्