समाचार

उपेन्द्र देवकोटालाई भेटेपछि ओलीले दिए अस्पताललाई निर्देशन



बैशाख २६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको उपचारमा कुनै पनि कसर वाँकी नराख्न अस्पताललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले डा. देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका हुन्। पित्त थैलीको क्यान्सर रोगले थलिएका डा. देवकोटा न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।