बैशाख २६, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको आगामी जेठ ४ र ५ गते केन्द्रिय कमिटिको पूर्ण वैठकले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतित्थ्यमा ४ गते ठिक ११ बजे त्रि.वि. स्मृति भवनमा सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा अनेरास्ववियुको वैठकले विभिन्न किसिमका जिम्मेवारी समेत छुट्याएको छ । जसमा जनपरिचालनको संयोजक महासचिव ऐन महरले गर्ने भएका छन् भने आर्थिक समितिको संयोजकमा कोषध्याक्ष झपिन्द्र खत्रीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै खाद्यमा आसी लामिछानेलाई जिम्मा दिइएको छ भने आवास तथा मञ्च व्यवस्थापनमा समिक वडार रहेका छन् । त्यस्तै प्रचारमा सुदिप शर्मा रहेका छन् भने स्वयम सेवकमा श्याम प्रजापतीलाई जिम्मा दिएको छ ।
उक्त वैठकमा वर्तमान अध्यक्ष नविना लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो लबिङ बढाएका छन् ।
अध्यक्षका लागि पाँच जनाको दावेदारी हुने संकेत देखिएको छ । जसमा वर्तमान महासचिव ऐन महर, उपाध्यक्षहरु रश्मी आचार्य, महेश वर्तौला, शुनिता वराल, र सैलेश लामा रहेका छन् ।
अध्यक्षका लागि महासचिव ऐन महरलाई संस्थापन पक्षले अघि सारेको स्रोतले जनाएको छ । यसअघि महाधिवेशनमा महर अध्यक्षको दाबेदार थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नवीनालाई सघाउन आग्रह गर्दै उनीपछि ऐनलाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्