समाचार

समृद्दी भाषण गरेर मात्र हैन स्पष्ट कार्ययोजना तर्जुमा गरि अघि बढ्नु पर्छ : उपाध्यक्ष कटुवाल



बैशाख २६, भक्तपुर । युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रभात बिक्रम कटुवालले मुलुक समृद्दीको अभियानमा आम युवालाई जोड्न युवा संघ नेपालले समृद्दी र सुशासनको लागि युवा अभियान सुभारम्भ गर्न लागेको बताएका छन् ।

जेठ एक गते युवा संघ नेपालको २८ औ स्थापना दिवसको अवसरमा आयोजना गर्ने बृहत् कार्यक्रम सफल बनाउन भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको जिल्लाको बिस्तारित बैठकलाई भक्तपुरमा सम्बोधन गर्दै उनले समृद्दी भाषण गरेर मात्र हैन स्पष्ट कार्ययोजना तर्जुमा गरेर यहि सरकारको पालोमा सम्भव रहेको बताएका छन् ।

वहाले १६ देखि वर्ष उमेर समूहका हरेक युवालाई सीप र प्रविधीमा जोडि मुलुक मै रोजगार सृजना गर्न विशेष कार्यक्रम राज्यले ल्याउनु पर्नेमा जोड दिएका छन् । त्यस्तै उनले मुलुकको बिकासका निमित्त युवालाई सहि परिचालन गर्दै युवाको सीप र दक्षतालार्इ राज्यले सम्मान गर्ने बातवरणको निर्माण हुँदै जाने बिस्वास गरेका छन् । त्यस्तै उनले जेठ १ गतेको कार्यक्रममा बृहत् युवाको उपस्थितिका लागि आव्हान पनि गरेका छन् । त्यस्तै उनले मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ माथी अग्यात समूहले गरेको आक्रमणको निन्दा गर्दै सत्य तथ्य पता लगाउन प्रशासनको ध्यानाकर्सण समेत गरेका छन् ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कार्यबहाक अध्यक्ष्य क वचन देउजा युवा संघ सचिवालय सदस्य निरेस लाल सिङ्ह केन्द्रिय सदस्य सन्जिब रोकाहा, बिनोद केसि, दिपक थापा सहितले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष्य दिपक दाहालले गरेका थिए भने कार्यक्रमले जनपरिचालन, स्वयमसेवक परिचालन, प्रचार, यातायात, ब्यवस्थापन, सास्कृतिक समिति समेत गठन गरेको छ ।