राजनीति

जहाँ छौं त्यहीबाट, जे छ त्यो लिएर सुखि तथा समृद्ध नेपाल निमार्णमा लाग्नुपर्छ : अध्यक्ष पौडेल



बैशाख २७, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सम्पूर्ण युवाहरु जहाँ छौं त्यहीबाट जे छ त्यो लिएर देश विकास तथा समृद्धि नेपाल निमार्णको लागि लाग्ने दिनको शुरुवात युुवा संघ नेपालको २८ औं स्थापना दिवशको दिनबाट शुरु हुने बताएका छन् ।

आज युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले भने जेठ १ गते देखि मिशनको रुपमा अघि वढ्ने जसवाट सुखि तथा समृद्ध नेपाल निमार्ण गर्ने वताएका छन् । स्थापना दिवश भब्य र सब्य रुपमा सम्पन्न गर्नको निम्ती आवश्यक तयारीमा पूर्ण रुपले लाग्न समेत मातहतका सम्पूर्ण कमिटिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष पौडेलले आगामि दिनमा युवा संघ भित्र गुट र उपगुट नरहने र विभाजनको स्थिती पनि समाप्त हुने बताउँदै स्थापना दिवशकै दिनबाट संका भावि योजनाहरु समेत सार्वजनिक गर्ने बताएका छन् ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष पर्शूराम वस्नेत, महासचिव नरेश शाही, सचिव क्षितिज थेवे, रोशन वस्नेत लगायतका संघका केन्द्रिय पदाधिकारीको उपस्थिती रहेको थियो । बैठक उपाध्यक्ष तथा जनपरीचालन संयोजक पर्शुराम बस्नेतको अध्यक्षतामा भएको थियो ।