बैशाख २८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकिय भ्रमणका क्रममा अहिले जनकपुरमा आइपुगेका छन् । उनी जनकपुर हुँदै काठमाडौँ आउने कार्यक्रम रहेको छ ।
मोदीको भ्रमणका कारण काठमाडौँका केही सडकमा यातायात प्रभावित हुने भएको छ । मोदी हिड्ने रुटमा आधाघण्टा अघि ठूला गाडी र १५ मिनेट अगाडि मोटरसाइकल र साना गाडी निषेध गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । उनी दिउँसो साढे १ वजे जनकपुुरबाट हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।
विमानस्थलबाट हायात होटल, हायात होटलबाट टुँडीखेल, शितलनिवास र विभिन्न दलका नेताहरुसँग भेटघाटका लागि द्वारीका होटल जाने क्रममा त्यस रुटका यातायात प्रभावित हुनेछन् । उनी ४ बजे गार्ड अफ अनरका लागी चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, बानेश्वरहुँदै सैनिकमञ्च जाँदा त्यस रुटमा यातायात प्रभावित हुनेछ । सैनिक मञ्चपछि मोदी ४ बजे ३५ मिनेटमा उप–राष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुरभवन जानेछन् ।
त्यस्तै ५ बजे राष्ट्रपति विद्या भण्डारीसँग औपचारिक भेटघाट गरेपछि उनी विभिन्न दलका नेताहरुसँगको भेटघाटका लागी महाराजगञ्ज, चावहिल हुँदै द्वारीका होटलमा पुग्ने कार्यक्रम रहेको बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्