बैशाख २९, काठमाडौं । नेपालको दुई दिने राजीकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज काठमाडौँ महानगरको चाबी पनि बुझाउने भएको छ ।
काठमाडौँ महानगरपालिकाले मोदीका लागि शनिबार दिउँसो आयोजना गरिएको नागरिक अभिनन्दन समारोहपछि मोदीलाई महानगरको चाबी बुझाउने कार्यक्रम रहेको छ । अभिनन्दन समारोहमा सहभागी हुन सबैलाई आग्रह गर्दै पौने ३ बजे मोदीका लागि अभिनन्दन कार्यक्रम राखिएको छ ।
शुक्रबार जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दनपछि पनि मोदीलाई जनकपुरको चाबी बुझाइएको थियो ।अहिले मुस्ताङ भ्रमणमा रहेका मोदी केहीबेरमा आई पशुपतिनाथ मन्दिरमा पूजाआज गर्ने कार्यतालिका छ । मोदी आजै स्वदेश फकर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्